महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा एकादशी - २६

परीचय

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गत रहने गरी सामाजिक विकास कार्यालय, गजुरी, नेपाल (Social Development Office, Gajuri, Nepal) (आ.ब. २०७५/२०७६ मा स्थापित सार्वजनिक निर्माण कार्यान्वयन इकाई र व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको समायोजनबाट) २०८१ सालमा स्थापना भएको हो। धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. १ मा यस कार्यालयको स्थापना गरिएको हो।

यस कार्यालयको कार्यक्षेत्र भित्र बागमती प्रदेशका ३ जिल्ला धादिङ, रसुवा र नुवाकोट रहेका छन्, जसमा कुल ३० स्थानीय तह रहेका छन्। यसमा ४ नगरपालिका र २६ गाउँपालिका रहेका छन्। यस सामाजिक विकास कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र रहेका सामाजिक कार्य गर्ने संघ-संस्थाहरूको सञ्चालन र पूर्वाधारको विकाससँग सम्बन्धित कामहरू गर्दै आएको छ। यसले विद्यालयको शैक्षिक र पूर्वाधारको विकासमा पनि योगदान पुर्याउने कार्य गर्दछ।

साथै, सीप विकास र क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरूको आयोजना गर्ने देखि लिएर महिला, विपन्न,दलित, आदिवासी, जनजाति, द्वन्द्व प्रभावित, अपाङ्गता भएका व्यक्तिहरू र यौनिक अल्पसंख्यकलाई सशक्तीकरण र क्षमता विकास सम्बन्धी कार्यक्रमहरूको सञ्चालन गर्दै आएको छ।