महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा दशमी - २५

प्रस्ताव पेश गर्ने बारेको सूचना (अपाङ्गता भएका व्यक्तिहरुको लागि उद्यमशीलता, स्वावलम्बन र सीपमुलक तालिममार्फत स्वरोजगार, आत्मनिर्भर एवम् सशक्तीकरणका लागि कार्यक्रम)

प्रस्ताव पेश गर्ने बारेको सूचना

यस कार्यालयको चालु आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको लागि उद्यमशीलता, स्वावलम्बन र सीपमुलक तालिममार्फत स्वरोजगार, आत्मनिर्भर एवम् सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन हुने भएको हुँदा "अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ बमोजिम धादिङ, रसुवा र नुवाकोट जिल्लामा कार्यक्षेत्र भई अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न इच्छुक अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाहरुवाट तपशिलको कागजातहरु सहित कार्यविधिको अनुसूची-१ को ढाँचामा कार्यक्रम प्रस्तावपत्र यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८२/०८/२६) गतेसम्म यस कार्यालयमा पेश गर्न यो सुचना प्रकाशित गरिएको छ।