सामाजिक विकास कार्यालयबाट सम्पादन गरिने कार्यहरूः

सामाजिक विकास कार्यालयबाट सम्पादन गरिने कार्यहरूः

  • वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने
  • स्थानीय तह र विद्यालयहरूसँग समन्वय र सहजीकरण गर्ने
  • प्रदेश स्तरमा संचालन हुने दिगो विकासका लक्ष (sustainable development goal) अन्तर्गतको विद्यालय क्षेत्र सहयोग कार्यक्रम कार्यन्वयन गर्ने
  • विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने
  • उच्च शिक्षा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्वन्धी छात्रवृत्ति व्यवस्थापन गर्ने,
  • एकीकृत शैक्षिक ब्यबस्थापन सूचना प्रणालीसँग तादात्म्य हुने गरी सेवाक्षेत्र भित्रको विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने
  • विद्यालयमा विज्ञान र प्रविधि सम्वन्धी प्रर्दशनी लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने
  • पठनपाठनको प्रवर्धन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने
  • सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक वितरणमा सहजीकरण कार्य,
  • प्रदेशभरका विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अनुगमन, नियमन तथा सहजीकरण,
  • समानान्तर अनौपचारिक शिक्षा प्रणाली अन्तर्गत परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (audit)कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण सम्वन्धी कार्यको व्यवस्थापन तथा समन्वय,
  • कक्षा १० (SEE) को परीक्षा सञ्चालन तथा ब्यवस्थापनमा सहजीकरण
  • विद्यालय नर्स एवम् विद्यालय स्वास्थ्य  र पोषण सम्वन्धी कार्यहरू
  • सार्वजनिक पुस्तकालयको भौतिक र शैक्षिक सुदृढीकरण सम्बन्धी कार्य
  • प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्वन्धी कार्यक्रमहरूको समन्वय र सहजीकरण गर्ने
  • व्यावसायिक तथा सीपमूलक तालिम र स्वरोजगार सम्वन्धी तालिम कार्यक्रम सञ्चालन, समन्वय,सहजीकरण र अनुगमन
  • स्थानीय स्तरको माग र स्वीकृत कार्यक्रम बमोजिम व्यावसायिक तथा सिपमूलक तालिम संचालन गर्ने, गराउने
  • स्थानीय तह, निकाय, गै.स.स. हरू संगको सहकार्य/साझेदारी/समन्वयमा तालिम कार्यक्रमहरू कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरूमा सन्चालन गर्ने, गराउने
  • विद्यालय, शिक्षालय र सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यहरू
  • विद्यालयमा वृत्ति मार्ग निर्देशन सेवा सम्वन्धी कार्यको सम्बन्धमा मन्त्रालय र शिक्षा विकास निर्देशनालयको निर्देशन अनुसार कार्य गर्ने
  • प्रशासनिक तथा कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्य
  • कर्मचारीको विदा सम्वन्धी कार्य
  • खरिद र जिन्सि सम्वन्धी कार्य
  • लेखा सम्बन्धी कार्य र आर्थिक विवरण तयार गर्ने
  • बेरुजु फछर्यौट सम्बन्धी कार्य
  • मन्त्रालय,शिक्षा विकास निर्देशनालय,शिक्षा तालिम केन्द्र र मन्त्रालय अन्तगर्त परिषदहरूबाट तोकेका अन्य कार्य
  • अनुगमन तथा नीरक्षण र वार्षिक प्रतिवेदन तयार गर्ने
  • महिला सशक्तीकरण,  लैङ्गिक तथा बाल अधिकार,  जेष्ठ नागरिकको अधिकार प्रवर्द्धन तथा अपाङ्गगता भएका व्यक्तिहरूको अधिकारको प्रवर्द्धन, सामाजिक समावेशिकरण, मनोरोगिहरूको लागि संरक्षण गृह, दिवा सेवा केन्द्र, बृद्धाश्रम लगायतका संस्थागत संरचनाहरू व्यवस्थित गर्न र  एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको संरक्षणका लागि स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्ने, गराउने
  • बालसंरक्षण सम्बन्धी रोकथाममूलक, सचेतनामूलक एवं उद्धार तथा पुनस्थापना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने,
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू संग सम्बन्धित स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने
  • गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने गराउने
  • बालश्रमको अन्त्य गर्न बालश्रमको नक्सांकन, अध्ययन तथा अनुसन्धान गर्न विभिन्न निकायहरूको समन्वयमा बालश्रम अन्त्य गर्ने सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
  • बालबालिकाविरुद्ध हुने हिंसा तथा दुर्व्यवहारको अन्त्य गर्ने, हिंसामा परेका बालबालिकाहरूको सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायिक हकहित सुनिश्चित गर्न आवश्यक कार्यक्रमहरू तर्जुमा गरी सञ्चालन गर्ने,
  • महिला, बालबालिका, ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूसंग सम्बन्धीत कार्यक्रम तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य गर्न,
  • महिलाहरूको सामाजिक र आर्थिक सशक्तिकरण गर्न लैङ्गिक सामानता, समावेशीकरण तथा सामाजिक न्यायको सुनिश्चितता गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने,
  • लैङ्गिक हिंसा, घरेलु हिंसा, मावन बेचविखन तथा ओसारपोसारमा परेका महिला तथा किशोरीको पुनःएकीकरणका लागि सघाउ पुग्ने गरी आवश्यक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने,
  • जेष्ठ नागरिक आश्रम र महिलाहरूको संरक्षण सम्वन्धी भौतिक निर्माणका कार्यहरू
  • गरिबी निवारणसँग सम्वन्धी घरपरिवार पहिचान र विपन्न दलित एवम् कमजोर आर्थिक अवस्था भएका समुदायहरूको सशक्तिकरणसँग सम्बन्धित कार्यहरू
  • अन्य क्षेत्रमा सञ्चालित गरिबी निवारण सम्बद्ध कार्यक्रमहरूसँगको समन्वय र सहकार्य गर्ने ।