उद्देश्य
आर्थिक प्रशासन शाखामा अन्य महाशाखा/शाखाहरूबाट आवश्यक कागजात सहित नियमानुसार पाउने पेस्की भुक्तानी सिफारिस गर्नु र पेस्की व्यवस्थित गर्नु यो फारामको उद्देश्य हो ।
फाराम भर्ने तरिका
- पेस्की माग गर्ने कर्मचारी, पदाधिकारी, फर्म वा संस्था, उपभोक्ता समिति वा अन्य को हो खुलाउनु पर्ने
- पेस्की प्रयोजनमा खरिद सम्झौताको नाम, कार्यक्रम वा क्रियाकलापको नाम वा पेस्की के कार्यको लागि माग भएको सो ब्यहोरा उल्लेख गर्नुपर्नेछ ।
- निर्णय नं./सम्झौता नं. मा खरिद सम्झौता नम्बर वा पेस्की दिने निर्णयको संकेत नम्बर भएमा उल्लेख गर्नुपर्नेछ ।
- निर्णय/सम्झौता मितिमा खरिद सम्झौताको मिति वा पेस्की उपलब्ध गराउने निर्णय मिति उल्लेख गर्नुपर्नेछ ।
- कुल निर्णय/सम्झौता रकममा खरिद सम्झौताको रकम वा कार्यक्रमको लागत स्वीकृत भएको कुल रकम उल्लेख गर्नुपर्नेछ ।
- पेस्की माग रकममा कति रकम पेस्की माग भएको हो सो उल्लेख गर्नुपर्नेछ ।
- पेस्की फछर्यौट गर्ने अवधिमा प्रचलित नियम, सम्झौता वा निर्णय बमोजिम पेस्की कहिले सम्म फछर्यौट गर्नुपर्ने हो उक्त साल, महिना र गते उल्लेख गर्नुपर्नेछ ।
- पेस्की जमानत आवश्यक छ, छैन छनोट गरेपछि जमानत आवश्यक भएमा जमानतको विस्तृत विवरण (जमानत नं., जारी गर्ने बैँकको नाम, शाखा, जमानत रकम, जमानतको मान्य अवधि) तालिकामा भर्नुपर्नेछ ।
- पेस्की लिने व्यक्ति वा संस्थाको नाम, ठेगाना, प्यान/भ्याट नं., फोन नं., फ्याक्स नं., ईमेल ठेगाना सहित हस्ताक्षर गर्नुपर्नेछ ।
- पेस्की लिने व्यक्ति भएमा पति/पत्नीको नाम, आमा/बुवाको नाम, बाजे/ससुराको नाम उल्लेख गर्नुपर्नेछ । कर्मचारी वा पदाधिकारीको हकमा तीन पुस्ते खुलाउनु नपर्ने ।
- पेस्की लिने फर्म/संस्था भएमा फर्म/संस्था प्रमुखको नाम उल्लेख गरी छाप लगाएको हुनुपर्नेछ ।
- उपभोक्ता समितिको हकमा सदस्यबाहेकका पदाधिकारीको नाम, ठेगाना, बाबु, बाजेको नाम, फोन नम्बर उल्लेख गरी हस्ताक्षर गर्नुपर्नेछ ।
- संलग्न कागजातमा पेस्की माग गर्दा पेस्की रकम जम्मा गर्ने बैंक खाताको विवरण वा चेकको फोटोकपी, बैंक ग्यारेन्टी, निर्णय कागजात, लगायतका आवश्यक कागजात संलग्न गरी सो को विवरण क्रमश: उल्लेख गर्नुपर्नेछ ।