महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा सप्तमी - २२

सामाजिक विकास कार्यालयबाट सम्पादन गरिने कार्यहरूः

सामाजिक विकास कार्यालयबाट सम्पादन गरिने कार्यहरूः

  • वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने
  • स्थानीय तह विद्यालयहरूसँग समन्वय सहजीकरण गर्ने
  • प्रदेश स्तरमा संचालन हुने दिगो विकासका लक्ष (sustainable development goal) अन्तर्गतको विद्यालय क्षेत्र सहयोग कार्यक्रम कार्यन्वयन गर्ने
  • विद्यालय एवम् उच्च शिक्षामा विज्ञान प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने
  • उच्च शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्वन्धी छात्रवृत्ति व्यवस्थापन गर्ने,
  • एकीकृत शैक्षिक ब्यबस्थापन सूचना प्रणालीसँग तादात्म्य हुने गरी सेवाक्षेत्र भित्रको विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने
  • विद्यालयमा विज्ञान र प्रविधि सम्वन्धी प्रर्दशनी लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने
  • पठनपाठनको प्रवर्धन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने
  • सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक वितरणमा सहजीकरण कार्य,
  • प्रदेशभरका विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अनुगमन, नियमन तथा सहजीकरण,
  • समानान्तर अनौपचारिक शिक्षा प्रणाली अन्तर्गत परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (audit)कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण सम्वन्धी कार्यको व्यवस्थापन तथा समन्वय,
  • कक्षा १० (SEE) को परीक्षा सञ्चालन तथा ब्यवस्थापनमा सहजीकरण
  • विद्यालय नर्स एवम् विद्यालय स्वास्थ्य  र पोषण सम्वन्धी कार्यहरू
  • सार्वजनिक पुस्तकालयको भौतिक र शैक्षिक सुदृढीकरण सम्बन्धी कार्य
  • प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्वन्धी कार्यक्रमहरूको समन्वय र सहजीकरण गर्ने
  • व्यावसायिक तथा सीपमूलक तालिम र स्वरोजगार सम्वन्धी तालिम कार्यक्रम सञ्चालन, समन्वय,सहजीकरण र अनुगमन
  • स्थानीय स्तरको माग र स्वीकृत कार्यक्रम बमोजिम व्यावसायिक तथा सिपमूलक तालिम संचालन गर्ने, गराउने
  • स्थानीय तह, निकाय, गै... हरू संगको सहकार्य/साझेदारी/समन्वयमा तालिम कार्यक्रमहरू कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरूमा सन्चालन गर्ने, गराउने
  • विद्यालय, शिक्षालय र सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यहरू
  • विद्यालयमा वृत्ति मार्ग निर्देशन सेवा सम्वन्धी कार्यको सम्बन्धमा मन्त्रालय र शिक्षा विकास निर्देशनालयको निर्देशन अनुसार कार्य गर्ने
  • प्रशासनिक तथा कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्य
  • कर्मचारीको विदा सम्वन्धी कार्य
  • खरिद र जिन्सि सम्वन्धी कार्य
  • लेखा सम्बन्धी कार्य र आर्थिक विवरण तयार गर्ने
  • बेरुजु फछर्यौट सम्बन्धी कार्य
  • मन्त्रालय,शिक्षा विकास निर्देशनालय,शिक्षा तालिम केन्द्र र मन्त्रालय अन्तगर्त परिषदहरूबाट तोकेका अन्य कार्य
  • अनुगमन तथा नीरक्षण र वार्षिक प्रतिवेदन तयार गर्ने
  • महिला सशक्तीकरणलैङ्गिक तथा बाल अधिकारजेष्ठ नागरिकको अधिकार प्रवर्द्धन तथा अपाङ्गगता भएका व्यक्तिहरूको अधिकारको प्रवर्द्धन, सामाजिक समावेशिकरण, मनोरोगिहरूको लागि संरक्षण गृह, दिवा सेवा केन्द्र, बृद्धाश्रम लगायतका संस्थागत संरचनाहरू व्यवस्थित गर्न र  एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको संरक्षणका लागि स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्ने, गराउने
  • बालसंरक्षण सम्बन्धी रोकथाममूलक, सचेतनामूलक एवं उद्धार तथा पुनस्थापना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने,
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू संग सम्बन्धित स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने
  • गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने गराउने
  • बालश्रमको अन्त्य गर्न बालश्रमको नक्सांकन, अध्ययन तथा अनुसन्धान गर्न विभिन्न निकायहरूको समन्वयमा बालश्रम अन्त्य गर्ने सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
  • बालबालिकाविरुद्ध हुने हिंसा तथा दुर्व्यवहारको अन्त्य गर्ने, हिंसामा परेका बालबालिकाहरूको सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायिक हकहित सुनिश्चित गर्न आवश्यक कार्यक्रमहरू तर्जुमा गरी सञ्चालन गर्ने,
  • महिला, बालबालिका, ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूसंग सम्बन्धीत कार्यक्रम तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य गर्न,
  • महिलाहरूको सामाजिक र आर्थिक सशक्तिकरण गर्न लैङ्गिक सामानता, समावेशीकरण तथा सामाजिक न्यायको सुनिश्चितता गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने,
  • लैङ्गिक हिंसा, घरेलु हिंसा, मावन बेचविखन तथा ओसारपोसारमा परेका महिला तथा किशोरीको पुनःएकीकरणका लागि सघाउ पुग्ने गरी आवश्यक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने,
  • जेष्ठ नागरिक आश्रम र महिलाहरूको संरक्षण सम्वन्धी भौतिक निर्माणका कार्यहरू
  • गरिबी निवारणसँग सम्वन्धी घरपरिवार पहिचान र विपन्न दलित एवम् कमजोर आर्थिक अवस्था भएका समुदायहरूको सशक्तिकरणसँग सम्बन्धित कार्यहरू
  • अन्य क्षेत्रमा सञ्चालित गरिबी निवारण सम्बद्ध कार्यक्रमहरूसँगको समन्वय र सहकार्य गर्ने ।