वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
११ माघ, २०८२
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत यस कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रसुवा, नवाकोट र धादिङ जिल्ला कार्यक्षेत्रमा रहेका संस्थाहरुलाई तपसिल बमोजिमका कार्यक्रम सञ्चालनका लागि अनुदान दिइने हुँदा इच्छुक सामाजिक संस्थाहरुले "सामाजिक क्षेत्रका कार्यक्रम कार्यान्वयन तथा व्यवस्थपन निर्देशिका, २०७८" बमोजिम तपसिल अनुसारका कागजातहरुसहित सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८२/०८/२५गते) कार्यालय समयभित्र यस सामाजिक विकास कार्यालय गजुरी, धादिङमा प्रस्तावपत्र पेश गर्न यो सुचना प्रकाशन गरिएको छ।